विभिन्न हातहतियारसहित दुई जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ कार्तिक १२, बुधबार

मोरङको मिक्लाजुङ गाउँपालिका रमितेबाट विभिन्न हातहतियार सहित दुई जना पक्राउ परेका छन् ।
प्रहरीले सोही ठाउँ बस्ने प्रतिक भन्ने काशीनाथ घिमिरे र सनम भन्ने बिज्ञान राईलाई आज बिहान हातहतियारसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबाट १ थान एकनाले भरुवा बन्दुक, ३५ थान ईलेक्ट्रिक डेटोनेटर, १८ थान नन ईलेक्ट्रिक डेटोनेटर, करिब २ किलो जिलेटिङ, १ थान सुतली बम, १ थान टुकी बम, १ थान १२ भोल्ट ब्याट्री र करिब ५० मिटर बिजुलीको तार बरामद भएको छ ।
बिषेश सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरी टोलीले उक्त हातहतियारसहित उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुले हातहतियार लुकाई राखेको अवस्थामा हतियार फेला पारी पक्राउ गरेको हो । यस सम्बन्धमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
Categorized in अपराध