विभिन्न पटाका सहित पक्राउ
SamacharDesk – बिकाश | २०७७ कार्तिक १२, बुधबार

नेपालीहरुको दोश्रो महान चाड तिहार नजिकिएसँगै लुकाई छिपाई पटाका राजधानी भित्र्याउने क्रम पनि बढेको छ भने प्रहरीले निगरानी पनि बढाएको छ ।
चन्द्रागिरि नगरपालिका २ नागढुङ्गाबाट ठुलो परिमाणको खुर्सानी पटाकासहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
करिब १३ लाख ३० हजार रुपैयाँ बराबरको २ लाख ६६ हजार थान खुर्सानी पटाकासहित कञ्चनपुर भिमदत्त नगरपालिका ४ घर भएका ३० वर्षीय नबिन जोशीलाई प्रहरीले पक्राउ गरेको हो ।
महेन्द्रगनरबाट काठमाडौंतर्फ आउँदै गरेको ना.७ ख ४५५ नम्बरको बसमा चेकजाँचको क्रममा सिट मुनि लुकाई ल्याएको अवस्थामा उक्त पटाका प्रहरीले वरामद गरेको हो ।
महानगरीय प्रहरी प्रभाग नागढुङगाबाट खटिएको प्रहरी टोलीले उक्त पटाका फेला पारी बस चालक जोशीलाई पक्राउ गरेको हो ।
यसैगरी नागढुङगाबाटै ८ हजार ४ सय थान खुर्सानि पटाका, १२ थान सिङग्ल रकेट लेखिएको पटाका, ८० थान गमला पटाका, एक सय थान बुलेट पटाका, १ सय ९० थान लामो रकेट पटाकासहित एक अर्को एक जना पक्राउ परेको छ ।
प्रहरीले उक्त पटाकाहरुसहित रौतहट राजदेवी नगरपालिका–६ घर भएका ३२ वर्षीय पिन्टु जैसवाललाई पक्राउ गरेको हो ।
रौतहटको गौरबाट काठमाडौंतर्फ आउँदै गरको ना.६ ख ७११४ नम्बरको बसलाई जाँच गर्ने क्रममा जैसवालले झोलामा लुकाइराखेको अवस्थामा उक्त पटाका फेला पारेको हो ।
उनीहरु उपर मुलुकी अपराध संहिता २०७४ अन्तर्गत बिष्फोटक पदार्थ सम्बन्धि कसूरमा अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध