जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरीबाट एक जना पुरुष पक्राउ परेका छन् ।
३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी रामधुनी नगरपालिका वडा नम्बर १ बस्ने ३० वर्षीय हरेराम चौधरीलाई बुधबार प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरीको टोलीले चौधरीलाई पक्राउ गरेको हो ।
चौधरीलाई पक्राउ गरी घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध