विभिन्न पटाका बरामद
SamacharDesk – बिकाश | २०७७ कार्तिक १३, बिहिबार

झापाको कचनकवल गाउँपालिका वडा नम्बर ४ केचनास्थित खुट्टामुनि झिल पोखरीको डिलबाट करिब १ लाख रुपैयाँ बराबरको पटाका आज बिहान प्रहरीले बरामद गरेको छ ।
केही व्यक्तिहरुले भारतबाट नेपालतर्फ अवैध रुपमा विभिन्न प्रकारका पटाकाहरु ल्याउँदै गरेका थिए ।
तिनीहरुले सिमा प्रहरी चौकी केचनाबाट खटिएको प्रहरीलाई देखेपछि उक्त पटाका फाली फरार भएका थिए ।
त्यस्तै मोरङ सुनबर्सीको सिक्टी बजारबाट पनि प्रहरीले खोर्सानि बम २ पोका, मिनि बुलेट २० प्याकेट र भाले पटाका १ प्याकेट बरामद गरेको छ ।
प्रहरी चौकी सिक्टीबाट गस्तीमा खटिएको गस्ती टोलीलाई देख्नासाथ उक्त पटाका छाडी मानिस साईकल लिई फरार भएपछि प्रहरीले बरामद गरेको हो ।
प्रहरीले फरार व्यक्तिहरुको खोजी गरिरहेको छ ।
Categorized in अपराध