जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ
SamacharDesk – बिकाश | २०७७ कार्तिक १४, शुक्रबार

बर्दियामा एक महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक पुरुषलाई पक्राउ गरीएको छ ।
२३ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका–४ बस्ने ३२ वर्षीय गौना थारुलाई प्रहरीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा गौनाले ती महिलालाई मंगलबार दिउँसो बारबर्दियाको पदनाहामा जबरजस्ती करणी गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।
घटनाको खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय बानियाभार बर्दियाबाट खटिएको प्रहरी टोलीले थारुलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध