अवैध रुपमा ल्याउँदै गरेको पटाका बरामद
SamacharDesk – बिकाश | २०७७ कार्तिक २३, आइतबार

अवैध रुपमा ल्याउँदै गरेको पटाका बरामद नेपालको दोश्रो ठुलो पर्व तिहार नजिकिँदै गर्दा प्रहरीले दिनहुँ जसो अवैध रुपमा ल्याइएका पटाकाहरु बरामद गरिरहेको छ ।
यसै क्रममा नवलपरासी (पश्चिम) सरावल गाउँपालिका–७ गणेशपुरबाट करिब १ लाख ४ हजार एक सय ६० रुपैयाँ बराबरको ३१ बण्डल खुर्सानी पटाका प्रहरीले बरामद गरेको हो ।
भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको अवस्थामा उक्त पटाका प्रहरीले बरामद गरेको हो ।
उक्त पटाका लिएर आउँदै गरेका अपरिचित व्यक्तिले प्रहरी चौकी भुजहवाबाट खटिएको प्रहरीलाई देख्नासाथ पटाका छोडी फरार भएका थिए ।
प्रहरीले फरार व्यक्तिहरुको खोजी शुरु गरेको बताएको छ ।
Categorized in अपराध