नगद तथा सुनका गहना चोरी
SamacharDesk – बिकाश | २०७७ कार्तिक २३, आइतबार

भक्तपुर सूर्यविनायकबाट रामचन्द्र श्रेष्ठको घरबाट गरगहना र नगदसहित ३ लाख बढिको धनमाल चोरी भएको छ ।
सुर्यविनायक नगरपालिका आदर्श चोक नजिक बस्ने श्रेष्ठको घरबाट नगद ६५ हजार नगदसहित सुन तथा चाँदीका विभिन्न गरगहना चोरी भएको हो ।
गरहना र नगद गरी करिब ३ लाख ८८ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको प्रहरीले जानकारी दिएको छ ।
चोरीमा संलग्न व्यक्तिहरु हाल फरार छन् । फरार व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध