गोकर्णेश्वरबाट नगद तथा सुनका गहना चोरी
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ४, बिहिबार

काठमाडौंको गोकर्णेश्वरबाट सुनका गहना र नगदसमेत गरी लाखौंको धनमाल चोरी भएको छ ।
गोकणेश्वर–८ शिवपुरी बस्ने ३९ वर्षीया खड्क कुमारी मगरको घरबाट नगद र गहना गरी लाखौंको धनमाल चोरी भएको हो ।
मगरको घरबाट १ लाख ५० हजार रुपैयाँ र सुनका गहना गरी करिब १९ लाख ९५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको हो ।
चोरीमा संलग्न व्यक्तिहरुको खोजी शुरु भइसकेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध