जिउँदो सालकसहित २ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ मङ्सिर ११, बिहिबार

मध्यपुर थिमि नगरपालिका–१ लोकन्थलीबाट जिउँदो सालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौंको कपुरधारा बस्ने धादिङका २७ वर्षीय ध्रुव बहादुर मगर र काठमाडौं लैनचौर बस्ने धादिङकै ३१ वर्षीय भिम बहादुर मगरलाई जिउँदा सालकसहित प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुबाट विभिन्न बैंकको चेक बुक, भौचर तथा एटिएम कार्ड, १ थान नागरिकता प्रमाणपत्र, पेन ड्राइभ, ३ थान राजश्व तिरेको बिल, ४ थान मोबाइल, भिम बहादुर थापाको सवारी चालक अनुमतिपत्रको साथमा सशस्त्र प्रहरी बलको परिचयपत्र समेत प्रहरीले बरामद गरेको छ ।
विशेष सूचनाको आधारमा महानगरीय प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले सालक लिएर हिँडीरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुलाई थप अनुसन्धान तथा कारवाहीको लागि जिल्ला वन कार्यालय भक्तपुर पठाइने जिल्ला प्रहरी कार्यालय भक्तपुरले जनाएको छ ।
Categorized in अपराध