छोरीकै बलात्कार गर्ने बुवा पक्राउ
SamacharDesk – बिकाश | २०७७ मङ्सिर १२, शुक्रबार

कास्कीमा आफ्नै १३ वर्षीया नाबालिग छोरीलाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
उक्त पुरुषले आफ्नै छोरीलाई विगत केही वर्ष अगाडिदेखी अनेकौं बहाना बनाई जबरजस्ती करणी गर्दै आएको खुलेको प्रहरीले बताएको छ ।
अनुसन्धानबाट गत मंसिर ६ गते एउटा होटलमा लगेर जवरजस्ती अश्लिल फोटो तथा भिडियो देखाई बलात्कार गरेको खुल्न आएको पनि प्रहरीले जानकारी गराएको छ ।
उक्त पुरुष विरुद्ध जिल्ला अदालत कास्कीबाट ७ दिन म्याद थप अनुमति लिई आवश्यक अनुसन्धान प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।
Categorized in अपराध