arin enterprises

गाउँपालिका कार्यालयमा विष्फोटन गराउने पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर १२, शुक्रबार

उदयपुरको ताप्ली गाउँपालिका कार्यालयमा विष्फोटन गराउने कार्यमा संलग्न रहेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले ताप्ली–१ ओख्ले बस्ने ३७ वर्षीय जिरा भन्ने ऋतु बिक र ताप्ली–५ गहते बस्ने ६७ वर्षीय जटिल बा भन्ने गौर बहादुर देवकोटालाई पक्राउ गरेको हो । प्रहरीले उनीहरु दुवैलाई ताप्ली–५ रुपाटारबाट पक्राउ गरेको हो ।

गत आइतबार गाउँपालिका कार्यालयको नागरिक सहायता कक्षमा बिष्फोट भएको थियो भने प्रवेशद्वारमा १ थान विष्फोटक पदार्थ समेत फेला परेको थियो ।

सोही घटनाको अनुसन्धानको क्रममा जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले बिक र देवकोटालाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।

Categorized in अपराध