बलात्कार अभियोगमा काठमाडौंमा एक जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २१, आइतबार

एक बालिकालाई बलात्कार गरेको अभियोगमा काठमाडौंको दलाछिबाट एक जना पुरुष पक्राउ परेका छन् ।
९ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा दलाछिमा डेरा गरी बस्ने ५० वर्षीय रुद्र बहादुर धिताललाई पक्राउ गरिएको हो ।
घटनाको खबर पाएपछि महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरी टोलीले धिताललाई पक्राउ गरेको हो ।
घटनाको सम्वन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।
Categorized in अपराध