मुनिभैरवमा एटिएम फुटाउँदै गरेको अवस्थामा एक युवक पक्राउ
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २२, सोमबार

एटिएम मेशीनमा भएको रकम चोर्ने उद्देश्यले काठमाडौंको मुनिभैरवमा बैंकको एटिएम मेशिन फुटाउँदै गरेको अवस्थामा प्रहरीले एक जना युवकलाई पक्राउ गरेको छ ।
मुनिभैरवस्थित एनआइसी एसिया बैंकको एटिएम मेशीन फुटाउँदै गरेको अवस्थामा काठमाडौंको कोटेश्वर बस्ने सिन्धुपाल्चोक बाह्रबिसे का १९ वर्षीय अनिल तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी घटनास्थलमा पुग्दा तामाङले एटिएमको तल्लो भाग फुटाई अन्य भाग फुटाउँदै गरेको थियो ।
महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरी टोलीले एटिएम मेशीन फुटाउँदै गरेकै अवस्थामा फेला पारी तामाङलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।
Categorized in अपराध