arin enterprises

सिंगापुर पठाइदिने प्रलोभन दिएर ठगी गर्ने पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

सिंगापुर पठाइदिने प्रलोभन देखाएर ३ लाख बढि नगद ठगी गरेको आरोपमा काठमाडौंबाट एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

ठगी गरेको आरोपमा काठमाडौंको सिनामंगल बस्ने सुनसरी धरानका जनोज लामिछाने भन्ने २७ वर्षीय विशाल दर्जीलाई प्रहरीले पक्राउ गरेको हो ।

दर्जीले एक महिलासँग सिंगापुर पठाइदिन्छु भन्दै ३ लाख ३१ हजार ९ सय रुपैयाँ लिएका थिए । पैसा लिइसकेर दर्जी सम्पर्कविहीन रहेका थिए ।

पिडित महिलाको उजुरीपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले उनलाई सिनामंगलस्थित एयरपोर्टबाट पक्राउ गरेको हो ।

दर्जीलाई आवश्यक कारवाहीका लागि महानगरीय प्रहरी परिसर काठमाडौं पठाइएको महाशाखाले जनाएको छ । घटनामा थप अनुसन्धान जारी रहेको पनि महाशाखाले जानकारी दिएको छ ।

Categorized in अपराध