arin enterprises

बलात्कार आरोपमा उदयपुरबाट एक पुरुष पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

एक बालिकालाई बलात्कार गरेको आरोपमा उदयपुरको बेलकाबाट एक पुरुषलाई प्रहरीले गिरफ्तार गरेको छ ।

११ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेलका बस्ने ६३ वर्षीय सूर्य पोखरेललाई प्रहरीले पक्राउ गरेकोहो छ ।

अनुसन्धानमा पोखरेलले बालिकालाई सोही ठाउँस्थित सिटी हलमा लगी बलात्कार गरेको खुल्न आएको प्रहरीले जनाएको छ ।

घटनाको सूचना पाएपछि ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरी टोलीले पोखरेललाई पक्राउ गरेको हो ।

घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले बताएको छ ।

Categorized in अपराध