arin enterprises

कस्तुरीको विना सहित ३ जना पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

रुपन्देहीमा कस्तुरीको विनासहित प्रहरीले ३ जनालाई पक्राउ गरेको छ । देवदहको भलुहीसबाट १ थान कस्तुरीको विना सहित ३ जनालाई दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा अर्घाखाँची छत्रदेव गाउँपालिका–२ बस्ने ३२ वर्षीय सुकुरदिन मिया, रुपन्देही देवदह नगरपालिका–१० बस्ने बागलुङका ३८ वर्षीय रमेश विक र रुपन्देही बुटवल उपमहानगरपालिका–११ बस्ने २९ वर्षीय दिपक विश्वकर्मा रहेका छन् ।

वन्यजन्तु कस्तुरीको विनाको कारोवार भइरहेको सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई विनासहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।

Categorized in अपराध