arin enterprises

बलात्कार गरी फरार भएको ९ वर्षपछि पक्राउ

SamacharDesk – बिकाश | २०७७ मङ्सिर २३, मंगलबार

बालिका बलात्कार मुद्दामा अदालतबाट १० वर्ष कैदको सजाय पाएर फरार रहेका एक पुरुष ९ वर्षपछि पक्राउ परेका छन् ।

बलात्कार मुद्दामा फरार बाँकेको नरैनापुर गाउँपालिका–२ बस्ने २४ वर्षीय हेमन्त कुमार शर्मालाई प्रहरीले ९ वर्षपछि पक्राउ गरेको हो ।

प्रहरीका अनुसार शर्माले २०६६ कात्तिक २७ गते राति एक ७ वर्षीया बालिकालाई बलात्कार गरेका थिए । सोही मुद्दामा जिल्ला अदालत बाँकेले २०६८ असार ३१ गतेको शर्मालाई १० वर्ष कैदको फैसला गरेको थियो ।

त्यसपछिबाट फरार रहेका शर्मालाई ईलाका प्रहरी कार्यालय भगवानपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।

शर्मालाई कैद सजाय भुक्तान असुलका लागि कारागार कार्यालय पठाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

Categorized in अपराध