बालिकालाई बलात्कार गर्ने पुरुष पक्राउ
SamacharDesk – बिकाश | २०७७ मङ्सिर २९, सोमबार

कञ्चनपुरमा एक बालिकालाई बलात्कार गरेको अभियोगमा एक पुरुष पक्राउ परेका छन् ।
१३ वर्षीया बालिकालाई बलात्कार गरेको अभियोगमा बेलौरी नगरपालिका–३ खिरिया बस्ने ५५ वर्षीय सन्दिप कार्कीलाई प्रहरीले पक्राउ गरेको हो ।
कार्कीले गत असोज २ गते ती बालिकालाई बलात्कार गरेको बताइएको छ ।
घटनाको खुलासा भएपछि ईलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरी टोलीले कार्कीलाई पक्राउ गरेको हो ।
घटनाको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।
Categorized in अपराध