अबैध रुपमा भन्सार छलि गरेको लत्ताकपडा बरामद
SamacharDesk – बिकाश | २०७७ पौष २३, बिहिबार

रूपन्देहीमा अवैध रुपमा भन्सार छलेर ल्याई भन्डार गरी राखिएको लाखौैं मूल्य बराबरको लत्ताकपडा प्रहरीले बरामद गरेको छ ।
रुपन्देहीको लुम्बिनी साँस्कृतिक नगरपालिका–१३ कालिदहस्थित नमे लोधको घरमा भन्सार छलेर ल्याइएको रब ५ लाख रूपैयाँ मूल्य बराबरको लत्ताकपडा आज प्रहरीले बरामद गरेको हो ।
गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय रूपन्देहीबाट खटिएको प्रहरी टोलीले सर्च गर्ने क्रममा उक्त लत्ताकपडा बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध