ब्राउन सुगरसहित एक जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

कपिलवस्तुमा अवैध लागू औषध ब्राउन सुगरसहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ । करिब १ ग्राम ९ सय ५० मिलीग्राम अवैध ब्राउन सुगरसहित बिहिबार राति उक्त पुरुषलाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा वाणगंगा नगरपालिका–४ सिद्धिपुर होराईजन चोक बस्ने सोही नगरपालिका–३ ठाटी घर भएका ३१ वर्षीय ऋषि चौधरी रहेका छन् ।
ईलाका प्रहरी कार्यालय पिपराबाट खटिएको प्रहरी टोलीले घरको खानतलासी गर्दा उक्त ब्राउन सुगरसहित चौधरीलाई फेला पारी पक्राउ गरेको हो ।
चौधरी बस्ने घरमा लागूऔषधको कारोबार हुँदैछ भन्ने विशेष सूचनाको आधारमा प्रहरी टोली चौधरीको घर पुगेको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
Categorized in अपराध