arin enterprises

काठमाडौंमा दिउँसै ढोका फोडेर चोरी

SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार

काठमाडौंको पेप्सीकोलामा दिउँसै ढोका फोडेर चोरी भएको छ ।

पेप्सिकोला डेरा गरी बस्ने सिन्धुपाल्चोककी बिन्दुमाया तामाङको कोठाबाट बिहिबार दिउँसै ढोका फुटाएर चोरी गरिएको हो ।

कोठामा कोही नभएको मौका पारी ढोका फुटाएर सुनका गहना समेत गरी २ लाख बढिको धनमाल चोरी गरिएको हो ।

तामाङको कोठाबाट सुनका बिभिन्न गहनासमेत गरी करिब २ लाख १४ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ ।

चोरीमा संलग्न व्यक्ति हाल फरार रहेको र उनीहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध