काठमाडौंमा अवैध लागूऔषधसहित एकजना पक्राउ
SamacharDesk – बिकाश | २०७७ पौष २४, शुक्रबार
काठमाडौंबाट ३ किलो अवैध लागूऔषधसहित २ जना पक्राउ परेका छन् ।
काठमाडौंको मित्रनगरस्थित गेष्ट हाउसबाट आज बिहान ३ किलो अवैध लागू औषध चरेश जस्तो देखिने पदार्थ सहित २ जनालाई प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा दाङ तुलसीपुर उपमहानगरपालिका–४ गाईघाटका २७ वर्षीय सुरज चौधरी र सल्यान त्रिवेणी गाउँपालिका–७ लुहामका २४ वर्षीय कुमार बिक रहेका छन् ।
महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले उनीहरू गेस्ट हाउसबाट पक्राउ गरेको हो ।
गोप्य सूचनाको आधारमा गेस्ट हाउसमा पुगेको प्रहरी टोलीले उनीहरु बसेको कोठामा खानतलासी गर्दा कालो झोलाभित्र लुकाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारेको हो ।
थप अनुसन्धानको लागि उनीहरुलाई महानगरीय प्रहरी परिसर, काठमाडौं पठाईएको महाशाखाले जनाएको छ ।
Categorized in अपराध