सिंहदरवार नजिकै एटिएम फुटाउने ३ जना पक्राउ
SamacharDesk – बिकाश | २०७७ माघ ३, शनिबार

नेपालकै मुख्य प्रशासनिक केन्द्र सिंहदरवार नजिकै काठमाडौंको कालिकास्थानमा बैंकको एटिएमको ढोका फुटाउँदै गरेको अवस्थामा ३ जना पक्राउ परेका छन् ।
कालिकास्थानस्थित एनआईसी एशिया बैंकको एटिएम बुथको ढोकाको शिसा फुटाउँदै गरेको अवस्थामा ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरुमा काठमाडौं बानेश्वर बस्ने बागलुङ गलकोट नगरपालिका–७का २२ वर्षीय साहील खत्री, कालिकास्थानमै बस्दै आएका गलकोटकै २५ वर्षीय अनिल थापा र सोही ठाउँ बस्ने २५ वर्षीया नुमा मगर रहेका छन् ।
महानगरीय प्रहरी वृत्त सिंहदरवारबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
Categorized in अपराध