arin enterprises

आफ्नै दाजुलाई बन्चरोले हान्ने भाई पक्राउ

SamacharDesk – बिकाश | २०७७ माघ ३, शनिबार

दाङमा आफ्नै दाजुलाई बन्चरोले प्रहार गरी घाइते बनाएको आरोपमा एक जना पक्राउ परेका छन् ।

आफ्नै दाइ ४९ वर्षीय टिकाराम ठाडालाई बन्चरोले हानी घाइते बनाएको अभियोगमा तुलसीपुर उपमहानगरपालिका–१ रामनगर टोल बस्ने ४१ वर्षीय यम बहादुर ठाडालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको हो ।

अनुसन्धानको क्रममा यम बहादुरले मादक पदार्थ सेवन गरी आफ्नै दाइलाई बन्चरोले हान्दा घाइते भएको बुझिएको प्रहरीले बताएको छ ।

ईलाका प्रहरी कार्यालय तुलसीपुरबाट खटिएको प्रहरी टोलीले यम बहादुरलाई पक्राउ गरेको हो ।

घाइते टिकारामको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचार भइरहेको छ ।

Categorized in अपराध