arin enterprises

एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा पक्राउ

SamacharDesk – बिकाश | २०७७ माघ ५, सोमबार

काठमाडौंको ठुलो भर्याङमा बैंकको एटिएम फोडेर चोरी गर्न लागेको अवस्थामा एक पुरुषलाई प्रहरीले पक्राउ गरेको छ ।

आइतबार राति ठुलो भ¥याङ्गस्थित एनआइसी एसिया वैंकको एटिएम फोडी चोरी गर्न लागेको अवस्थामा प्रहरीले उक्त पुरुषलाई पक्राउ गरेको हो ।

प्रहरीले काठमाडौंको माछापोखरी बस्ने वैतडी महादेवस्थान गाउँपालिका–५ का २८ वर्षीय कमल बहादुर धानुकलाई प्रहरीले पक्राउ गरेको हो ।

चोरीमा सघाउने कमल बहादुरका साथी भने हाल फरार रहेको र फरार व्यक्तिको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

Categorized in अपराध