arin enterprises

जबरजस्ती गरी गहना लुट्ने पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ १२, सोमबार

सिन्धुपाल्चोकमा एक महिलालाई बलात्कार गरी महिलासँग भएको गहना लुटेर फरार रहेका एक पुरुष काठमाडौंको कलंकीबाट पक्राउ परेका छन् ।

शरीर बन्धक बनाई जबरजस्ती करणी गर्नुका साथै डाँका कसूरमा फरार रहेका सिन्धुपाल्चोक जुगल गाउँपालिकाका कैलाश भन्ने २४ वर्षीय रोहन नेपालीलाई प्रहरीले पक्राउ गरेको हो ।

रोहनले गएको असोज १५ गते एक महिलालाई घर पुर्याई दिने भन्दै मोटरसाइकलमा लिएर गइ सिन्धुपाल्चोक जुगल गाविसको मान्जे भन्ने ठाउँमा लगी जबरजस्ती गरेका थिए ।

जबरजस्ती गरी सकेपछि महिलाले लगाएको गहना समेत लुटपाट गरे पश्चात फरार भएका थिए ।

रोहन कलंकीमा लुकेर बसेको जानकारी पाएपछि महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरी टोलीले रोहनलाई पक्राउ गरेको हो ।

रोहनलाई आवश्यक कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक पठाइएको महाशाखाले जनाएको छ ।

Categorized in अपराध