ताप्लेजुङमा बेवारिसे पेस्तोल बरामद
SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ २३, शुक्रबार

ताप्लेजुङमा प्रहरीले एउटा बेवारीसे पेस्तोल बरामद गरेको छ ।
मिक्वाखोला गाउँपालिका–४ साँवास्थित बाटोबाट प्रहरीले बिहिबार राति १ थान पेस्तोल बरामद गरेको हो ।
प्रहरी चौकी साँवाबाट खटिएको प्रहरी टोलीले बेवारीसे अवस्थामा बाटोमा उक्त पेस्तोल फेला पारेको हो ।
सो स्थानमा झै–झगडा भइरहेको खबर पाएपछि प्रहरी टोलि उतातिर खटिएको थियो । घटनास्थल पुगेको प्रहरीले उक्त पेस्तोल बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध