arin enterprises

महिला बलात्कार गर्ने हाेटल संचालक पक्राउ

SamacharDesk – क्राइम ब्यूराे | २०७७ माघ २८, बुधबार

तनहुँमा एक महिलालाई बलात्कार गरेको अभियोगमा एक होटलका संचालक पक्राउ परेका छन् ।

२३ वर्षीया महिलालाई जबरजस्ती गरेको अभियोगमा भानु नगरपालिका–१ बस्ने थाकखोला होटलका संचालक ३८ वर्षीय प्रकाश थापालाई प्रहरीले पक्राउ गरेको हो ।

थापाले ती महिलालाई मंगलबार राति जबरजस्ती गरेको प्रहरीले बताएको छ ।

घटनाका खबर प्राप्त भएपछि ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले बुधबार दिउँसो थापालाई पक्राउ गरेको हो ।

Categorized in अपराध