८ वर्षीया बालिकालाई जबरजस्ती गर्ने पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०७७ फाल्गुण २९, शनिबार

मोरङमा एक ८ वर्षीया बालिकालाई जबरजस्ती गरेको अभियोगमा एक वृद्ध पुरुष पक्राउ परेका छन् ।
रतुवामाई सिंगारी बस्ने ६० वर्षीय फुदिया मुखियालाई बालिकालाई जबरजस्ती गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको हो ।
ईलाका प्रहरी कार्यालय सिजुवाबाट खटिएको प्रहरीले मुखियालाई पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा मुखियाले बालिकालाई सोही ठाउँस्थित बाँसघारीमा लगि जबरजस्ती गरेको देखिएको प्रहरीले जनाएको छ ।
घटनाको सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ ।
Categorized in अपराध