नियन्त्रित लागूऔषधसहित पक्राउ
SamacharDesk – क्राइम ब्यूरो | २०७७ चैत्र ११, बुधबार

प्रहरीले विभिन्न नियन्त्रित लागू औषधसहित एक जनालाई बन्दिपुरबाट प्रहरीले पक्राउ गरेको छ ।
प्रहरीले विभिन्न लागू औषधसहित तनहुँ शुक्लागण्डकी नगरपालिका–९ दुलैगौडा बस्ने ३० वर्षीय तेन्जिङ चोईनीलाई आज बिहान बन्दिपुर गाउँपालिका–५ मर्स्याङ्दी रिसोर्टबाट पक्राउ गरेको हो ।
प्रहरीले तेन्जिङको साथबाट नियन्त्रित लागूऔषध २३ एम्पुल फेनारगन, २३ एम्पुल डाइजेपाम र २३ एम्पुल नुफिन बरामद गरेको छ ।
ईलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेबाट खटिएको प्रहरी टोलीले तेन्जिङलाई पक्राउ गरेको हो ।
बाटोमा हिँडिरहेका बेला शंका लागेर तेन्जिङलाई जाँच गर्नेक्रममा उक्त लागू औषधसहित पक्राउ गरेको हो ।
Categorized in अपराध