थप ५ हजार ७६३ जनामा कोरोना संक्रमण पुष्टि, १९ को मृत्यु
SamacharDesk – बिकाश | २०७८ बैशाख १८, शनिबार

नेपालमा पछिल्लो २४ घन्टामा गरिएको परिक्षणमा थप ५ हजार ७६३ जनामा कोभिड १९ को संक्रमण पुष्टि भएको छ ।
पछिल्लो पटक जम्मा आरटी पिसिआर १४ हजार ४०३ र एन्टिजेन ५६६ गरी जम्मा १४ हजार ९६९ वटा स्वाब नमूनाको परिक्षण गरिएको थियो । परिक्षणमध्ये आरटीपिसिआर परिक्षणमा ५ हजार ७०६ र एन्टिजेन परिक्षणमा ५७ जना संक्रमित भेटिएका हुन् ।
आज परिक्षण संख्यामा साढे ३८ प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।
अहिलेसम्म जम्मा ३ लाख २८ हजार ८९३ जना कोभिड १९ बाट संक्रमित भइसके ।
त्यसैगरी थप १९ जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । योसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार २९८ पुगेको छ ।
आज निको हुनेको संख्या भने एक हजार बढि रहेको छ । आज एक हजार २९८ जना संक्रमणमुक्त भई घर फर्केका छन् । हालसम्म २ लाख ८२ हजार ३८२ जना संक्रमित संक्रमणमुक्त भइसके ।
हाल ४३ हजार २१३ सक्रिय संक्रमित विभिन्न संस्थागत आइसोलेसनको साथमा होम आइसोलेसनमा उपचाररत रहेका छन् ।
Categorized in राष्ट्रिय