मुम्बई इन्डियन्सको रोमाञ्चक जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख १९, आइतबार

इन्डियन प्रिमियर लिगमा मुम्बई इन्डियन्सले रोमाञ्चक जित निकालेको छ।
गयरातिको खेलमा मुम्बईले चेन्नई सुपर किङ्सलाई अन्तिम बलमा ४ विकेटले हराउँदै रोमाञ्चक जित निकालेको हो ।
दिल्लीमा भएको उक्त खेलमा चेन्नई सुपर किंग्सले दिएको २१९ रनको विशाल लक्ष्यलाई मुम्बई इण्डियन्सले अन्तिम बलमा ६ विकेट गुमाएर पार गर्यो ।
मुम्बईका लागि किरन पोलार्डले आक्रमक ब्याटिङ गरे । ३४ बलमा ८ छक्का र ६ चौका सहित ८७ रनमा अभिजित रहको पोलार्डले १७ बलमै अर्धसतक बनाएका थिए ।
यस्तै ओपनर क्वेन्टन डिककले ३८ रन बनाउँदा कप्तान रोहित शर्माले ३५ र क्रुनाल पाण्ड्याले ३२ रन जोडे ।
हार्दिक पाण्ड्याले १६ रन बनाउँदा अन्यले दोहोरो रन बनाउन सकेनन् ।
यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चेन्नईले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १८ रन बनाएको थियो ।
उसका लागि पाँचौ नम्बरमा ब्याटिङमा आएका अम्बाती रायडूले आक्रामक पारी खेले । उनले २७ बलमा ७ छक्का र ४ चौका सहित अविजित ७२ रन बनाउँदै चैन्नाईलाई विशाल लक्ष्य दिन महत्वपूर्ण योगदान दिए ।
मोइन अलीले ३६ बलमा ५ छक्का र ५ चौकासहित ५८ रन बनाए । त्यस्तै फाफ डुप्लेसिस २८ बलमा ४ छक्का र २ चौकासहित ५८ रन बनाए । जारी सिजनमा फाफको यो लगातार चार अर्धशतक हो ।
त्यस्तै, ऋतुराज गायकवाड ४, सुरेश रैना २ रनमा आउट हुँदा अलराउन्डर रवीन्द्र जडेजा नटआउट २२ रनमा अविजित रहे ।
बलिङमा किरण पोलार्डले २ , ट्रेन्ट बोल्ट र जसप्रीत बुमराहले १–१ विकेट लिए । चेन्नईका लागि साम चुरानले ३ विकेट लिए ।
यो जितसँगै मुम्बईले यो सिजनमा ७ खेलमा ८ अंक सहित चौथो स्थानमा उक्लिएको छ। त्यस्तै ७ खेलबाट १० अंक जोड्दै चेनाई शीर्ष स्थानमा कायमै छ ।
Categorized in स्पाेर्ट्स
