संक्रमितको संख्यामा रेकर्ड, एकैदिन ७ हजार बढि संक्रमित भेटिए
SamacharDesk – बिकाश | २०७८ बैशाख १९, आइतबार

नेपालमा पछिल्लो २४ घन्टामा कोभिड १९ का ७ हजार २ सय ११ जना नयाँ संक्रमित भेटिएका छन् ।
पछिल्लो पटक गरिएको १६ हजार ७७० वटा स्वाब नमूनाको परिक्षण गरिएकोमा २ हजार ८६४ महिला र ४ हजार २७३ पुरुषमा संक्रमण पुष्टि भएको हो ।
१६ हजार १४७ आरटी पिसिआर परिक्षणमा ७ हजार १३७ र ६२३ एन्टिजेन परिक्षणमा ७४ जनामा संक्रमण देखिएको हो ।
संक्रमितको यो संख्या परिक्षणको तुलनामा करीब ४३ प्रतिशत हो ।
थप हुने नयाँ संक्रमितमध्ये ९ वर्षसम्मका १६६ जना छन् भने १० देखि १९ वर्ष उमेर समूहका ४५७ जना छन् ।
हालसम्म नेपालमा ३ लाख ३६ हजार ३० जना यस भाईरसबाट संक्रमित भइसके ।
सक्रिय संक्रमितको संख्या ५० हजारको नजिक पुगिसकेको छ । हाल ४८ हजार ७११ सक्रिय संक्रमित विभिन्न संस्थागत आइसोलेसन र होम आइसोलेसनमा उपचाररत छन् ।
पछिल्लो पटक एक हजार ६१२ जना संक्रमित निको भएका छन् । हालसम्म २ लाख ८३ हजार ९९४ जना संक्रमितले भाईरसलाई पराजित गर्दै निको भइसके ।
पछिल्लो पटक थप २७ जना संक्रमितको मृत्यु भएसँगै कोरोनाका कारण मृत्यु हुनेको संख्या ३ हजार ३२५ पुगेको छ ।
Categorized in राष्ट्रिय