मन्त्री ढकाललाई कोरोना संक्रमण
SamacharDesk – बिराज | २०७८ बैशाख १९, आइतबार

संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाललाई कोरोना संक्रमण भएको छ ।
ट्वीटरमार्फत ट्वीट गर्दै मन्त्री ढकालले आज प्राप्त भएको परिक्षणको रिपोर्टमा आफु र आफ्नी पत्नीसमेतलाई कोभिड संक्रमण भएको नतिजा आएको बताउनुभएको हाे ।
सोही ट्वीटमार्फत मन्त्री ढकालले आफुहरुको स्वास्थ्य अवस्था सामान्य रहेको पनि जनाउनुभएको छ ।
मन्त्री ढकाल हाल होम आइसोलेसनमै बसेका छन् ।
आफुसँग सम्पर्कमा आउनेले आवश्यक सावधानी र सजगता अपनाउन पनि ढकालले आग्रह गर्नुभएको छ ।
Categorized in राजनीतिआज गरिएको परीक्षणबाट हामी श्रीमान श्रीमतिलाई कोभिड१९ संक्रमण भएको नतिजा प्राप्त भएको छ । हाल हाम्रो स्वास्थ्य अवस्था सामान्य रहेको छ र हामी निवासमा नै आराम गरिरहेका छौँ । यस बीचमा हामीसँग सम्पर्कमा आउनुभएका महानुभावहरुलाई आवश्यक सावधानी र सजगता अपनाउनुहुन अनुरोध गर्दछौँ। धन्यवाद।
— Bhanu Bhakta Dhakal (@dhbhanu) May 2, 2021
