arin enterprises

विषम परिस्थितिमा संयमित भइ काम गर्न युवाहरुलाई निर्देशन

SamacharDesk – बिराज | २०७८ बैशाख २३, बिहिबार

राष्ट्रिय युवा संघ नेपाल १५ वडा कमिटीको कार्यालय स्थापना गरिएको छ । संघले सानाे कार्यक्रमकाे आयोजना गर्दै कार्यालयको बोर्ड राख्दै कार्यालय शुभारम्भ गरेको हो ।

कार्यालय स्थापना पछि बोल्दै संघका केन्द्रिय उपाध्यक्ष साथै काठमाडौं उपत्यकाका उत्प्रेरक क्षितिज थेवे ले संघको १५ वडा कमिटीले १५ वडावासीहरुलाई निःशुल्क एम्बुलेन्स सेवा दिइरहेकोमा प्रशंसा गर्नुभयो ।

आगामी दिनहरुमा अहिलेको जोखिम परिस्थितिमा आफू जोगिएर अगाडी बढ्न १५ वडा कमिटीका युवाहरूलाई निर्देशन दिनुभयो ।

‘अहिलेको परिस्थितिमा युवाहरु अग्रपंक्तिमा रहेर त काम गर्ने हो तर जोस मा हैन होसमा रहेर कार्य गर्नुपर्छ’ केन्द्रीय उपाध्यक्ष थेवेले भन्नुभयो ।

संघका केन्द्रिय सदस्य एवं क्षेत्र नं ८ का उत्प्रेरक नेकपा एमाले महानगर सदस्य निसार उद्दिनले क्षेत्र नं ८ का उत्प्रेरकको भुमिका राम्रोसँग निर्वाह गर्दै अगाडि बढिरहेको भन्दै केन्द्रको तर्फबाट धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यसैगरी राष्ट्रिय खेलकुद महासंघका उपाध्यक्ष निरेस लाल सिंले महानगर भित्र १५ वडा कमिटी जस्तो सक्रिय कमिटी अरु नभएको विचार राख्नुभयो । १५ वडा कमिटीबाट अरुले पनि सिक्नुपर्ने सिंहको भनाई थियो ।

महानगर भित्र राष्ट्रिय युवा संघ नेपाल वडा कमिटीको पार्टी कार्यालय यो नै पहिलो हो ।

कार्यक्रममा १५ वडा सदस्य आनन्द राम गौतम, वडा सदस्य अनिता परियार, नेकपा एमाले महानगर सदस्य लक्ष्मण शाही, नेकपा एमाले महानगर सदस्य उद्दब खड्गी, नेकपा एमाले महानगर सदस्य सानू फुबरेलगायतको उपस्थिती थियो । साथै संघ १५ वडा कमिटीका अध्यक्ष किसन डंगोल, नियाज उद्दिन, सचिव संजय शाहीलगायत पनि कार्यक्रममा उपस्थित थिए ।

Categorized in राजनीति
SKIP THIS tihar2082