arin enterprises

गोल्डेन भ्वाइस प्रेमध्वज रहेनन्

SamacharDesk – बिराज | २०७८ बैशाख २३, बिहिबार

गोल्डेन भ्वाइस अफ नेपाल प्रेमध्वज प्रधानको निधन भएको छ ।

आज करीब १ः४५ बजे बसुन्धरास्थित न्यूरो अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

आज विहान मात्रै उनलाई सास फेर्न गार्हो भएको  र छातीमा समस्या देखिएपछि उपचारको लागि अस्पताल पुर्‍याइएको थियो । सोही अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो ।

उनको कोरोना जाँच पनि गरिएको थियो । उनको कोरोना जाँचको रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।

८४ वर्षीय गायक प्रधानको जन्म वि.सं. १९९४ सालमा सिन्धुपाल्चोक जिल्लाको चौतारामा बुबा रत्नध्वज प्रधान र आमा प्राणदेवी प्रधानको कोखबाट भएको थियो ।

प्रधानको नेपाली साँगितिक क्षेत्रमा तारामात्र हाेइन तिमिलाइ, नमान लाज यस्तरी, पर लैजाउ फुलहरू, घुम्तीमा नआउ है, तिमिलाई अचेल कहाँ भेटुं, पर लैजाउ फुलहरु लगायतका थुप्रै गीतहरु निकै चर्चित छन् ।

नेपालको पहिलो रक एन्ड रोल गीत पनि गायक प्रधानले नै गाएका थिए । प्रधानले कलकत्तामा गइ रेकर्डिङ गरेको नेपालभाषाको रक एन्ड रोल गीत ‘बालाबालाचिंगु मिखा’ नेपालकै पहिलो रक एन्ड रोल गीत हो ।

फोटो ग्यालरी : गायक प्रेमध्वज प्रधानको अन्तिम यात्रा
Categorized in पेजथ्री