arin enterprises

आइपिएल खेल्न आएका अष्ट्रेलियन क्रिकेटरहरु आफ्नो देश फर्किन नपाएपछि माल्दिभ्सतिर लागे

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २३, बिहिबार

इन्डियन प्रिमियर लिग(आइपिएल) स्थगित भएपछि भारतमा अड्किएका अष्ट्रेलियन क्रिकेट खेलाडीहरु मालदिभ्स लागेका छन् ।

अष्ट्रेलियन सरकाराले भारतबाट जाने उडानमा १५ मे सम्मका लागि प्रतिबन्ध लगाएको र भारतबाट कोही फके पाँच वर्ष जेल हाल्ने निर्णय भएकोले अष्ट्रेलियन क्रिकेटरहरु मालदिभ्स लागेको हो ।

भारतमा कोरोना भाइरसको संक्रमण बढेपछि बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया(बिसिसिआइ)ले आइपिएल रोक्ने निर्णय गरेको थियो ।

अष्ट्रेलियन क्रिकेटर्स एसोसिएशन र क्रिकेट अष्ट्रेलियाले बिहीबार संयुक्त विज्ञप्ति जारी गर्दै भारतमा अड्किएका अष्ट्रेलियन  खेलाडी, प्रशिक्षक, म्याच अधिकारी, कमेन्टेटर्स माल्दिभ्सका गएको जनाएको छ ।

दुबै संस्थाले अष्ट्रेलियन सरकारबाट कुनै पनि खालको छुटको माग गरेको भने छैन । साथै अष्ट्रेलियाली सरकारले भारतबाट जाने उडानलाई अनुमति नदिएसम्म उनीहरू माल्दिभ्समै रहने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

‘उनीहरू सबै ठिक हुन्छन् । उनीहरूको राम्रो हेरचाह गरिएको छ र सबै जना घर पुग्छन्,’ बिसिसिआईका प्रमुख सौरभ गांगुलीले इन्डियन एक्सप्रेससँग भने, ‘अष्ट्रेलियन साथीहरू भोलि माल्दिभ्स पुग्छन् र क्वारेन्टिनको समय सकाउँछन् अनि सुरक्षितसाथ अष्ट्रेलिया पुग्नेछन् । त्यसैले म केही समस्या देख्दिनँ ।’

त्यस्तै चेन्नई सुपर किंग्सका ब्याटिङ कोच माइकल हसी कोरोना संक्रमण भएको कारण भारतमै बस्नेछन् । उनी निको भएपछि अनुकूल समयमा अष्ट्रेलिया फर्काइने जनाएको छ ।

Categorized in स्पाेर्ट्स