उपत्यकामा ३ हजार ९२७ संक्रमित थप, ३ हजार ९७ निको
SamacharDesk – बिकाश | २०७८ बैशाख २८, मंगलबार

पछिल्लो २४ घन्टामा काठमाडौं उपत्यकामा कोभिड १९ का ३ हजार ९२७ जना नयाँ संक्रमित भेटिएका छन् । काठमाडौंमा २ हजार ७८८, ललितपुरमा ६०२ र भक्तपुरमा ५३७ जना संक्रमित भेटिएका हुन् ।
उपत्यकामा हालसम्म एक लाख ९० हजार ९४२ जना कोभिड १९ बाट संक्रमित भइसकेका छन् ।
हाल उपत्यकामा ३० हजार २२२ सक्रिय संक्रमित उपचाररत छन्, जसमध्ये २८ हजार ४४८ जना संक्रमित होम आइसोलेसनमा छन् ।
विभिन्न संस्थागत आइसोलेसनमा उपचाररत एक हजार ७७४ जनामध्ये १७६ जना आइसीयूमा छन् भने ८७ जना भेन्टिलेटरमा उपचाररत छन् ।
पछिल्लो पटक थप ३ हजार ९७ जना संक्रमित संक्रमणमुक्त भएसँगै उपत्यकामा संक्रमण निको हुने संक्रमितको संख्या एक लाख ४९ हजार ३६३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्क अनुसार उपत्यकामा पछिल्लो पटक ६८ जना संक्रमितको मृत्यु भएको छ । काठमाडौंमा ५०, ललितपुरमा ६ र भक्तपुरमा १२ जना संक्रमितको मृत्यु भएको हो ।
काठमाडौं उपत्यकामा हालसम्म एक हजार ३५४ जना संक्रमितको मृत्यु भइसकेको छ ।
