arin enterprises

बार्सिलोनाको उपाधि यात्रामा धक्का

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ बैशाख २९, बुधबार

 स्पेनिस ला लिगामा बार्सिलोनाको उपाधि जित्ने होडमा रहेको यात्रामा धक्का लागेको छ ।

मंगलबार राति बार्सिलोना लेभान्तेसँग ३–३ गोलको बराबरीमा रोक्दा बार्सिलोनाको यात्रामा धक्का लागेको हो ।

खेलको २५ मिनेटमा लिओनल मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाए। ३४ मिनेटमा गोन्जालेजले अग्रता दोब्बर पारे ।

लेभान्तेका लागि मेरेलोले ५७ मिनेट र मोरालेसले ५९ मिनेटमा गोल गरेपछि खेल २–२ गोलको बराबरीमा आएको थियो ।

६४ मिनेटमा डेम्बेलेले गोल गर्दा बार्सिलोनाले ३–२ को अग्रता लियो। तर ८३ मिनेटमा लिओनल लेभान्तेका लागि बराबरी गोल गरे ।

यो बराबरीसँग बार्सिलोनाले शीर्ष स्थानमा पुग्ने मौका गुमाएको छ ।

दुई खेल खेल्न बाँकी अंक तालिकाको दोस्रो स्थानमा उक्लिएको बार्सिलोनाले ३६ खेलबाट ७६ अंक जोडेको छ ।

तीन खेल खेल्न बाँकी शीर्ष स्थानको एट्लेटिको म्याड्रिडको ३५ खेलबाट ७७ अंक छ ।

यस्तै तेस्रो स्थानको रियल म्याड्रिडको ३५ खेलबाट ७५ अंक छ ।

Categorized in स्पाेर्ट्स