निमाकाे ‘मायालु तिमीलाई’ सार्वजनिक
SamacharDesk – बिजयरत्न | २०७८ जेठ २, आइतबार

नेपालको संगीत क्षेत्रमा अचेल दिनहुँ जसो नयाँ नयाँ म्युजिक भिडियोहरु सार्वजनिक भइरहेका छन् । हाल निषेधाज्ञा जारी रहेको समयमा पनि यो क्रम रोकिएको छैन ।
यसै क्रममा अर्को एउटा नयाँ म्यूजिक भिडियो ‘मायालु तिमीलाई’ को म्यूजिक भिडियो सार्बजानिक भएको छ । निमा शेर्पाको स्वरमा रहेको गीतको भिडियो राइजिंग स्म्युल ग्रुप युटुब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
भिडियोलाई राम्रो बनाउन आफुले निकै मेहनत गरेको निर्देशक जितेन्द्र राजोपाध्यायले बताउनुभयो ।
‘निकै मेहनत गरेको छु, दर्शकले मनपराउनु हुनेछ भन्नेमा विश्वस्त छु’ निर्देशक राजोपाध्यायल भने ।
दिपेन बस्न्यातले छायाङ्कन गरेको गीतको भिज्युअल एडिटिङ पनि निर्देशक राजोपाध्यायले नै गरेका छन् । गीतमा अभिनय भने सन्देश श्रेष्ठ र अन्जु चौलागाईंको रहेको छ ।
शब्द र संगीत जि डि तामाङ्गको रहेको छ ।
Categorized in पेजथ्री