गोलकिपर एलिसन बेकरको गोलमा लिभरपुल विजय
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ३, सोमबार

इंग्लिस प्रिमियर लिगमा लिभरपुलले जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले वेस्ट ब्रुम माथि २–१ गोलले जित निकालेको हो ।
उक्त खेलमा वेस्ट ब्रुमले सुरुवाती अग्रता बनाएको थियो । रोबिन्सन कानुले खेलको १५ औं मिनेटमा गोल गर्दै वेस्ट ब्रुमलाई अग्रता दिलाएका थिए ।
खेलको ३३ औं मिनेटमा सलाहले गोल गर्दै लिभरपुललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
दोस्रो हाफको इन्जुरी समयको अन्तिम मिनेटमा लिभरपुलका गोलकिपर एलिसन बेकरले गोल गर्दै लिभरपुललाई २–१ को जित दिलाए । एलिसनले ट्रेण्ड आर्नोल्डको कर्नर बलमा हेड गोल गरेका थिए ।
यो जितसँगै लिभरपुल ३६ खेलमा ६३ अंक जोड्दै पाँचौ स्थानमा रहेको छ । वेस्ट ब्रुम २६ अंक जोडेर १९ औं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स