रियलको उपाधि जित्ने सम्भावना कायमै
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ३, सोमबार

साविक विजेता रियल म्याड्रिड स्पेनिस ला लिगामा जित निकालेको छ ।
आइतबार राति भएको खेलमा रियलले एथ्लेटिक बिल्बाओलाई १–० गोल अन्तरले पराजित गरेको हो ।
रियललाई जित दिलाउन नाचो फेर्नान्डेजले ६८ औं मिनेटमा निर्णायक गोल गरे । उनले खेलको नाचोले क्यासिमिरोको पासमा गोल गरेका थिए ।
यो जितसँगै रियलले आफ्नो उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।
रियलले ३७ खेलमा ८१ अंकले दोस्रो स्थानमा छ । रियल शीर्ष स्थानको एट्लेटिको मड्रिड भन्दा २ अंकले पछि रहेको छ ।
यस्तै बिल्बाओ भने ४६ अंक जोडेर नवौं स्थानमा रहेको छ ।
Categorized in स्पाेर्ट्स
