टोनी क्रुसलाई कोरोना संक्रमण
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ४, मंगलबार

स्पेनिस क्लब रियल म्याड्रिड र जर्मनीका मिडफिल्डर टोनी क्रुसलाई कोरोना भाईरसको संक्रमण देखिएको छ ।
क्रुसलाई सोमबार कोरोना पोजेटिभ देखिएको हो ।
कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आएको क्रुस शुक्रबारबाटै होम आईसोलेसनमा रहेको रियल म्याड्रिडले जनाएको छ ।
क्रुसले आइतबार एथ्लेटिक बिल्बाओविरुद्धको खेल गुमाएका थिए । अब क्रुसले ला लिगाको यस सिजनको अन्तिम खेल पनि गुमाउने छन् ।
यस सिजन क्रुसले रियलका लागि ४२ खेल खेलेका छन् । जसमा उसले ३ गोल र १२ असिस्ट गरेका छन् ।
Categorized in स्पाेर्ट्स
