भारतीय क्रिकेट टिम लामो समय क्वारेन्टिनमा बस्ने
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ४, मंगलबार

भारतीय क्रिकेट टिमले इंग्ल्यान्ड भ्रमण अघि लामो समय क्वारेन्टिनमा बस्नु पर्ने भएको छ ।
कोरोना भाईरसको महामारी र सम्भावित संक्रमणको कारण भारतीय टिमले लामो समय क्वारेन्टिनमा बस्नु पर्ने भएको हो ।
भारतीय टिम बुधबार देखि दुई साता मुम्बईमा क्वारेन्टिनमा बसेपछि जुन २ मा इंग्ल्यान्ड जाने छन् ।
इंग्ल्यान्ड पुगेपछि भारतीय साउथह्याम्पटनमा १० दिनको क्वारेन्टिनमा बस्ने छन् ।
यसको लागि बीसीसीआईले २० सदस्सीय टिमको घोषणा गरिसकेको छ ।
भारतले इंग्ल्यान्डमा विश्व टेस्ट च्याम्पियनसिपको फाइनल खेल र इंग्ल्यान्डविरुद्ध टेस्ट सिरिज खेल्नेछ । भारतले टेस्ट च्याम्पियनसिपको फाइनलमा न्युजिल्याण्डसँग खेल्नेछ ।
इंग्ल्यान्डको साउथह्याम्पटनमा हुने भारत र न्युजिल्याण्डबीचको फाइनल जुन १८ देखि २२ सम्म हुनेछ ।
त्यसपछि भारतले घरेलु टिम इंग्ल्यान्डसँग पाँच खेलको टेस्ट सिरिज खेल्नेछ ।
पहिलो टेस्ट अगस्ट ४ बाट हुनेछ । यस्तै अन्तिम टेस्ट १४ सेप्टेम्बरबाट सुरु हुनेछ ।
Categorized in स्पाेर्ट्स