लेष्टर सिटीमाथि चेल्सीको जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ५, बुधबार

इंग्लिस प्रिमियर लिगमा लेष्टर सिटीलाई चेल्सीले पराजित गरेको छ ।
मंगलबार राति भएको खेलमा चेल्सीले लेष्टरलाई २–१ गोल अन्तरले परजित गरेको हो ।
उक्त खेलको ४७ औं मिनेटमा एन्टोनियो रुडिगरले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । ६६ औं मिनेटमा जोर्गिन्होले पेनाल्टीमा गोल गर्दै चेल्सीको अग्रता दोब्बर बनाए ।
त्यसपछि खेलको ७६ औं मिनेटमा केलीची इहिनाचोले एक सानत्वना गोल फर्काएपछि २–१ले खेल चेल्सीको पोल्टामा गयो ।
यो जितसँगै ३७ खेलमा ६७ अंक सहित तेस्रो चेल्सी स्थानमा उक्लिएको छ । लेष्टर ६६ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।
यो सँगै चेल्सी र लेष्टर दुबैको च्याम्पियन्स लिगमा छनोट हुने सम्भावना कायम रहेको छ ।
Categorized in स्पाेर्ट्स
