जहाज दुर्घटनामा नाइजेरियाका सेना प्रमुखको मृत्यु
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ८, शनिबार

अफ्रिकी मुलुक नाइजेरियामा जहाज दुर्घटना हुँदा नाइजेरियाका सेना प्रमुख लेफ्टिनेन्ट जनरल इब्राहिम आताहिरुको मृत्यु भएको छ ।
शुक्रबार सेना प्रमुख अताहिरुसहित अन्य उच्च सैन्य अधिकारी चढेको जहाज उत्तरी राज्य काडुना विमानस्थलनजिकै दुर्घटनामा परेको हो ।
दुर्घटनामा परी विमान चालक सहित अन्य १० उच्च सैनिक अधिकारीको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाइएको छ ।
गत फेब्रुअरीमा मात्र नाइजेरियन एयर फोर्सको यात्रुवाहक जहाज इन्जिन फेल भएपछि अबुजा विमानस्थलनजिकै दुर्घटनामा परेको थियो । उक्त दर्घटनामा विमानमा सवार सबै सातै जनाको मृत्यु भएको थियो ।
५४ बर्षिय जनरल आताहिरुलाई नाइजेरियाका राष्ट्रपति मुहमद्दु बुहारीले गत जनवरीमा मात्र सेना प्रमुख नियुक्त गरेका थिए । उनले मुलुकमा जारी हिंसात्मक विद्रोह नियन्त्रणमा मुख्य भुमिका निर्वाह गरिरहेको थियो ।
Categorized in अन्तर्राष्ट्रिय