रियल म्याड्रिडको भिल्ला रियलमाथि पुनरागमन जित
SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ९, आइतबार

स्पेनिस ला लिगा अन्तर्गत सिजनको आफ्नो अन्तिम खेलमा रियल म्याड्रिडले पुनरागमन जित निकालेको छ ।
शनिबार राति भएको खेलमा रियलले भिल्ला रियलमाथि २–१ गोलको जित निकालेको हो ।
खेलको २० औं मिनेटमा एरिमी पिनोले गोल गर्दै भिल्लालाई अग्रता दिलाएका थिए ।
तर, खेलको ८७ औं मिनेटमा करिम बेन्जिमाले गोल गर्दै रियललाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको इन्जुरी समयको दोस्रो मिनेटमा लुका मोड्रिचले गोल गर्दै रियललाई २–१ को जित दिलाए ।
यो अन्तिम खेलमा जित निकालेपनि रियलले उपाधि भने जित्न सकेन ।
यस्तै गयराति नै भएको सिजनको अन्तिम खेलमा बार्सिलोनाले संघर्षपूर्ण जित निकालेको छ ।
एन्टोनी ग्रिजम्यानको गोलमा बार्सिलोनाले एइबारलाई १–० गोलले पराजित गरेको हो । उनले खेलको ८१ औं मिनेटमा गोल गरेका थिए ।
उपाधि जितेको एट्लेटिकोले ३८ खेलबाट ८६ अंक जोड्यो । दोस्रो बनेको रियलले ८४ अंक तथा तेस्रो भएको बार्सिलोनाले ७९ अंक बटुले । भिल्ला ५८ अंक जोडेर सातौं स्थानमा रह्यो ।
Categorized in स्पाेर्ट्स