arin enterprises

७ बर्षपछि एट्लेटिको म्याड्रिडलाई ला लिगाको उपाधि

SamacharDesk – आकाश राजोपाध्याय | २०७८ जेठ ९, आइतबार

एट्लेटिको म्याड्रिडले स्पेनिस ला लिगाको उपाधि जितेको छ ।

शनिबार राति भएको सिजनको अन्तिम खेलमा रियल भालाडोलिडलाई २–१ गोलले पराजित गरेको थियो । उसले रियल म्याड्रिडलाई २ अंकले पछि पार्दै ७ बर्षपछि उपाधि जितेको हो ।

एट्लेटिकोलाई जित दिलाउन एन्जल कोरेया र लुइस सुआरेजले एक एक गोल गरे ।

खेलको १८ औं मिनेटमा ओस्कारले गोल गर्दै सुरुवाती अग्रता भने भालाडोलिडले बनाएको थियो ।

तर, खेलको ५७ औं मिनेटमा कोरेयाले गोल गर्दै एट्लेटिकोलाई १–१ गोलको बराबरीमा फर्काए । त्यसपछि खेलको ६७ औं मिनेटमा सुआरेजले गोल गर्दै एट्लेटिकोलाई २–१ को जित दिलाए ।

यस जितसँगै एट्लेटिकोले ३८ खेलमा ८६ अंक जोड्यो ।  दोस्रो स्थानको रियलले ८४ अंक जोड्यो ।  भालाडोलिड भने रेलिगेसनमा परेको छ । भालाडोलिडले ३८ खेलमा ३१ अंक जोड्यो ।

पछिल्लो पटक एट्लेटिकोले सन् २०१४ मा उपाधि जितेको थियो भने यो उसको ११ औं ला लिगा उपाधि हो ।

Categorized in स्पाेर्ट्स