arin enterprises

भारतमा चक्रवात आँधी ‘यास’को खतरा

SamacharDesk – बिकाश | २०७८ जेठ ९, आइतबार

भारतका कैयौं भागमा चक्रवात आँधी ‘यास’ को खÞतरा देखिएको छ ।

बङ्गालको खाडीबाट आउन सक्ने चक्रवात आँधी यासले ओडिशा र पश्चिम बंगालको तटीय क्षेत्रमा उत्पात मचाउन सक्ने भारतीय मौसम विभागले जनाएको छ ।

मौसम विभागले यहि मे महिनाको २६ तारीखका दिन पश्चिम बंगाल र ओडिशाको तटीय क्षेत्रमा ९० देखि सय किलोमिटर प्रति घन्टाको गतिमा आँधी आउन सक्ने जनाएको छ । कैयौं स्थानमा ठुलो वर्ष हुन सक्ने पनि विभागको भनाई छ ।

विभागको चेतावनीलाई ध्यानमा राखेर केन्द्र सरकार सतर्क बनेको बताइएको छ । यसै विषयमा प्रधानमंत्री नरेन्द्र मोदीले अहिले बिहानको ११ बजे राष्ट्रीय आपद प्रबन्धन विभागको अधिकारिहरुको बैठक बोलाएका छन् ।

वैठकमा केन्द्रीय गृहमन्त्री अमित शाहको साथै टेलिकम र नागरिक उड्डयन मन्त्रालयका वरिष्ठ अधिकारीहरुकोसमेत सहभागीता रहने बताइएको छ ।

विभागको चेतावनीसँगै पश्चिम बंगालका मछुवाहरुलाई अर्को सूचना जारी नहुन्जेल समुद्रमा नजान भनिएको छ । भारतीय सेनाले पश्चिम बंगाल र ओडिशामा आफ्नो टोली तैनाथ गरेको समाचार एजेन्सी एएनआईलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ ।

Categorized in अन्तर्राष्ट्रिय