arin enterprises

नयाँ संक्रमित र निको हुनेको संख्या करीब बराबर

SamacharDesk – बिकाश | २०७८ जेठ १०, सोमबार

पछिल्लो २४ घण्टामा नेपालमा कोभिड १९ का ७ हजार ४२५ जना नयाँ संक्रमित भेटिएका छन् ।

२० हजार ४५३ जनाको स्वाब नमूनाको परिक्षण गरिएकोमा ३६ दशमलव ३० प्रतिशतमा संक्रमण पुष्टि भएको हो ।

१९ हजार ८४६ आरटी पिसिआर परिक्षणमा ७ हजार २२० जनामा र ६०७ जनाको एन्टिजेन परिक्षणमा २०५ जनामा संक्रमण देखिएको हो ।

थप हुने नयाँ संक्रमितमध्ये १९३ जना ९ वर्ष मुनिका बालबालिका छन् । त्यस्तै १० देखि १९ वर्ष उमेर समूहका ५०७ जना छन् । हालसम्म ५ लाख २० हजार ४६१ जनालाई कोभिड संक्रमण भइसकेको छ ।

संक्रमण निको हुनेको दर ७६ दशमलव ६ प्रतिशत पुगेको छ । कुल संक्रमितमध्ये ३ लाख ९८ हजार ४८३ जना निको भइसके । गएको २४ घण्टामा ७ हजार १३५ जना संक्रमणमुक्त भएका छन् । हाल एक लाख १५ हजार ४४७ सक्रिय संक्रमित उपचाररत छन् ।

एक लाख ८ हजार ७१ जना होम आइसोलेसनमा छन् भने ७ हजार ३७६ संक्रमित विभिन्न संस्थागत आइसोलेसनमा छन् । आइसीयूमा उपचाररत एक हजार ६९७ जनामध्ये ४६७ जनालाई भेन्टिलेटरमा राखेर उपचार गरिँदैछ ।

थप १८५ जना संक्रमितको मृत्यु भएसँगै कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ६ हजार ५३१ पुगेको छ । 

Categorized in राष्ट्रिय